मधेस प्रदेश : पोखरीमा डुबेर एक बालकको मृत्यु

मिति: २०२३-०५-१६ , समय : ०९:५६:२९ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको महोत्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। सोनमा गाउँपालिका ७ जानकीनगर बस्ने उपेन्द्र सदाका ५ वर्षीय छोरा आसिक सदाको सोमबार साँझ पोखरीमा डुबेर मृत्यु भएको छ ।

सोमबार साँझ करिब ६ बजे बालक घर नजिकैको पोखरीमा डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरेका थिए । सिकिस्त बालकलाई मोटरसाइकलमा राखेर उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

यता बालकको शव पोष्टमार्टमका लागि जलेश्वर प्रादेशिक अस्पतालमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रकाशित मिति: २०२३-०५-१६ , समय : ०९:५६:२९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित