राजविराज भन्सार कार्यालयका कर्मचारीकाे मिलाेमताेमा भन्सार छलि हुदै , ४ सयकाे भन्सार कटाउदा १२ सय तिर्नुपर्छ कर्मचारीलाई…
असुली गरेको रकमबाट भन्सारका कर्मचारीहरुले राति लाेकल कुखुरा, माछा ,मासु र मदिरा सेवन गरि खर्च गरि माेजमस्ति गर्दै ....
मिति: २०२३-०५-१५ , समय : ०८:४०:०३ ,
शुभ नारायण यादब
शुभ नारायण यादब
राजविराज । पछिल्लोपटक सप्तरीको तिलाठि स्थित राजविराज भन्सार कार्यालय बेल्हिमा भन्सार कर्मचारीके मिलाेमताेमा खुल्लेअाम रुपमा भन्सार छलि हुदै अाएकाे खुलासा भएको छ । राजविराज भन्सार कार्यालयमा करारमा कासमा कार्यरत कर्मचारीहरु उमाकान्त दास र कामेश्वर रायले खुद्रा भन्सार काटदे अाएका छन , तर उनिहरुले खुद्रा भन्सारकाे नाउमा स्थानीय ब्यापारीहरुसग सेटिङ्ग मिलाइ व्यापक रकम खुल्लेअाम रुपमा असुली गर्दै अाएकाे स्रोतले जनाएको छ । स्रोतका अनुसार खुद्रा भन्सार कटाउन जादा स्थानीय महिला व्यापारीहरुसित भन्सार काटेकाे भन्दा दाेब्बर पेसा लिने गरेको सबुत प्रमाण फेला परेको छ । एक व्यापारीले चिनिकाे भन्सार कटाउदा ३०० रुपैयाँ भएकोमा ती भन्सारका कर्मचारीलाई अाफुले १ हजार तिर्नुपरेको नाम उल्लेख नगर्ने शर्तमा बताएकी छिन । यी त एउटा उदाहरण मात्र भयाे , उनी जस्तै अहिले साना व्यापारी झण्डै तीन दर्जन भन्दा बढिले कुनाेलिबाट समान अाेहर दाेहर गरि नेपाल ल्याउने गरेको छ । उनिहरुले नियमित रुपमा खुद्रा समानकाे भन्सार कटाउने गरेका छन । तर भन्सारका ती कर्मचारीहरुले दिनहुँ उनिहरुबाट यसरी ने खुल्लेअाम रुपमा रकम असुली गर्दै अाएकाे स्रोतकाे दाबी रहेको छ । स्रोतका अनुसार अाइतबार मात्रै ती भन्सारका कर्मचारीहरुले ९ सयकाे भन्सार कटाउदा १ हजार ६ सय अाफुले तिरेको सबुत प्रमाण गामघर डटकमलाइ दिएपछि साे खुलासा भएको हाे । यसरी अहिले राजविराज भन्सारकाे राजस्व असुली घटेपनि यहाका कर्मचारीहरुकाे राजस्व असुलीमा बृद्धि भएको देखिन्छ । भारतकाे कुनाेलिबाट अहिले दिनहु लाखौंको समान नेपालतर्फ अाउछन , तर दिनकाे भन्सार १० देखि ३० हजार सम्म मात्र उठने गरेको छ भन्ने भन्सारका कार्यरत कर्मचारीकाे गाेजिमा राजस्व असुली भन्दा दाेब्बर रकम हुने गरेको सबुत प्रमाण पनि गामघर डटकमले सुरक्षित साथ राखेको छ । यसबाट प्रष्ट हुन्छ कि जब रक्षक ने भक्षक भएपछि जे पनि हुन सकिन्छ । ठिक यस्तै अहिले राजविराज भन्सार कार्यालय सप्तरीमा भइरहेको छ । यस्तै भन्सार छलेर समान ल्याउने साना व्यापारीहरुबाट समेत भन्सारका कर्मचारीहरुले खुल्लेअाम रकम असुली गर्दै अाएकाे स्रोतले जनाएको छ। स्रोतअनुसार बिना भन्सार समान ल्याउने व्यापारीहरुबाट ५ सय देखि १ हजार सम्म भन्सारका केही कर्मचारीहरुले रकम असुली गर्दै अाइरहेका छन । भन्सार छलि समान लग्न खाेज्दा कर्मचारी दासले बाटाेमा पुगेर समान समाति रकम असुली गर्दै अाएकाे स्थानीय व्यापारीहरुकाे अाराेप रहेको छ । रकम असुली गर्न तथा भन्सार छलि गरि पेसा खानमा माहिल र चतुर मानिन्छ कर्मचारी दासलाइ………..? यता साे असुली गरेको रकमबाट भन्सारका कर्मचारीहरुले राति लाेकल कुखुरा, माछा ,मासु र मदिरा सेवन गरि खर्च गरि माेजमस्ति गर्दै अाइरहेकाे स्रोतकाे दाबी रहेको छ । यसरी भन्सार कार्यालयका कर्मचारीहरुके मिलाेमताेमा खुल्लेअाम रुपमा भन्सार छलि समान अाेसार पाेसार गर्ने कार्य प्रति समयमै भन्सार प्रमुख तथा सम्बन्धित निकायकाे ध्यान जानू जरुरी रहेको स्थानीय सराेकारबालाहरुले माग गरेका छन । यता साे सम्बन्धमा राजविराज भन्सार कार्यालय तिलाठि बेल्हिका प्रमुख सग सम्पर्क गर्दा उहाँसग सम्पर्क हुन सकेन । ( राजविराज भन्सार कार्यालयमा भइरहेको खेलाबेलाकाे अडियो र भिडियो गामघर डटकमकाे साथ सुरक्षित छ ।)
प्रकाशित मिति: २०२३-०५-१५ , समय : ०८:४०:०३ , २ वर्ष अगाडि