बाढी पहिरोमा परेर म्यानमारमा पाँच जनाको मृत्युु , बङ्लादेशमा शरणार्थी शिविर ध्वस्त
मिति: २०२३-०५-१५ , समय : ०७:१३:१३ , गामघर डेस्क
मिति: २०२३-०५-१५ , समय : ०७:१३:१३ , गामघर डेस्क
गामघर डेस्क
म्यानमार ।
मोखा नामक चक्रवातको असरका कारण बङ्लादेश र म्यानमारमा ठूलो वर्षा भएको छ । कतिपय ठाउँमा आँधीबेहरीसमेत आएको छ । बङ्लादेशको कक्स बजार क्षेत्रमा आँधीबेहरीले भौतिक रुपमा क्षति पुर्याएको छ । त्यहाँ रहेका धेरैजसो शरणार्थी शिविरहरु ध्वस्त भएका छन् ।
नागरिकलाई भने सुरक्षित ठाउँमा सारिएकाले उनीहरु सुरक्षित छन् ।
यस्तै, म्यानमारमा पनि आँधीबेहरीले नोक्सानी पुर्याएको छ । त्यहाँ २१० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको बीबीसीले जनाएको छ ।
चक्रवातको असर परेको क्षेत्रमा बाढी पहिरो पनि आएको छ । जसमा परेर पाँच जनाको ज्यान गएको छ । म्यानमारको न्याउङ–उ सहरमा ५८ वर्षयताकै सबैभन्दा धेरै वर्षा भएको त्यहाँको मौसम विज्ञान विभागले जनाएको छ । एजेन्सीबाट
प्रकाशित मिति: २०२३-०५-१५ , समय : ०७:१३:१३ , २ वर्ष अगाडि