सप्तरीको राजगढमा भारतीय नागरिकलाई वडाअध्यक्ष समेतले झुठाे विवरण पेश गरि नेपाली नागरिकता बनाएको खुलासा…….

मिति: २०२३-०५-१४ , समय : ०७:४८:५८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको राजगढ गाउपालिका वडा न.४ बेल्हि चपेनामा भारतीय नागरिकलाई वडाअध्यक्ष समेतले झुठाे विवरण पेश गरि नेपाली नागरिकता बनाएको खुलासा भएको छ ।
राजगढ गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष अशोक कुमार साहले एक भारतीय नागरिकलाई नेपाली हो भनी झुठो विवरण खडा गरी नेपाली नागरिकता बनाई दिएका हुन ।
राजगढ गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष साहले सोही वडाका रामशुभक महतोको नक्कली छोरा बनाई भारतको बिहार राज्य जिरोगा ग्राम पंचायत निवासी २९ वर्षीय जिवछ केशरीलाई एक महिना अगाडी मनिष कुमार महतोको नामबाट जन्मदार्ताको प्रमाण पत्र बनाई सोही आधारमा निजलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले नेपाली नागरिकताको प्रमाण पत्र दिएको देखिएको छ ।
झुठो विवरण पेश गरी नाम बदलेर नेपाली नागरिकता लिने केशरीको भारतको बिहार राज्य जिरोगा ग्राम पंचायतको आम निर्वाचन नामावली २०२१को मतदाता नामावलीको (भोटर)क्रम संख्या ६९(४०।२५०।७७ मा नाम समेत रहेको छ । निज केशरी २०२१को आम निर्वाचनमा भारतमा भोट समेत खसालेका थिए । नेपाली नागरिकता दिलाउन आफनै छोरा हो भनी झुठा विवरण पेश गरी सहयोग गर्ने रामशुभक महतोले आफने श्रीमती साेनावति देवी महताेलाइ जिल्ला प्रशासन कार्यालय सप्तरीमा सनाखत गर्न लगाएको प्राप्त प्रमाणबाट देखिएको छ । यसरी गैर कानुनी रुपमा झुठा विवरण पेश गरी नागरिकता लिनु अपराध हो । नेपाल नागरिकता ऐन २०६३को दफा १२र १३ बर्जित कार्य भनी ब्याख्या गरेकाले सोही ऐनको दफा २१को उपदफा १,२,३ बमोजिम दण्डित कार्य भएको हुदा कारबाही हुनुपर्ने माँग गरिएको छ । यता साे विषयमा वडाअध्यक्ष साहले उहाँको जुरुवा छाेरि रहेको तथा झुक्याएर जन्म दर्ता पहिला बनाएको स्विकार्दै उहाले पछि हामीहरु कहाँ गुनासो अाएपछि बुझदा भारतीय नागरिक भएको बताउनुभयो । झुक्याएर सहि गरेको स्विकार्दै उहाले पछि अाफु सहित अाफ्ना वडा सचिव जिल्ला प्रशासन कार्यालय सप्तरीमा गएर नागरिकता बदरकाे लागि निवेदन समेत दिएको जानकारी दिनुभयो । यता साा नागरिकता प्रकरण वारे थप अनुसन्धान भैरहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०५-१४ , समय : ०७:४८:५८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्