मधेश प्रदेश : ठुलो परिणाममा लागूऔषधसहित दुईजना युवक पक्राउ

मिति: २०२३-०५-१३ , समय : १९:१८:५२ , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

जनकपुर ।
मधेस प्रदेशको सर्लाही प्रहरीले दुई जना युवकलाई ठूलो परिणाममा लागूऔषधसहित नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका वडा न.–११ का २२ वर्षीय अजय सहनी र गोडैता ८ का ३२ वर्षीय ताजबावु दर्जी रहेको प्रहरीले जनाएका छन् ।

सर्लाहीको बरहथवा–५,चोर्निया पुलबाट प्रहरीले दुबैजनालाई नियन्त्रणमा लिएको हो ।

जिल्लाको मधुवनबाट काठमाण्डौ जाँदै गरेको यात्रुवाहक बसबाट लागुऔषधसहित पक्राउ परेका उनीहरूलाई शनिबार इलाका प्रहरी कार्यालय बरहथवामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।

बागमती प्रदेश ०६–००१ ख ०००३ नम्बरको यात्रुबाहक बसलाई इलाका प्रहरी कार्यालय बरहथवा र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सुन्दरपुर चोहडवाको संयुक्त टोलीले गाडी चेकजाँच गर्ने क्रममा सहनीको साथबाट लागूऔषध एक सय एमएलको कोडीवेल ८९ बोतल, नोफिन २ एमएलको ९१ थान, डाइजिपाम २ एमएलको ९१ थान, फेनरगन २ एमएलको २७४ थान, नाइट्रोभेट ३ सय थान,निट्जा केयर ९ सय थान र दर्जीको साथबाट कोडीवेल कफसिरप १सय एमएलको ९८ थान लागुऔषध बरामद गरेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

यता साे सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

प्रकाशित मिति: २०२३-०५-१३ , समय : १९:१८:५२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित