मधेस प्रदेशबाट एक हजार बोरा रासायनिक मल बरामद

मिति: २०२३-०५-१३ , समय : १९:१४:०२ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुर ।
भारतबाट तस्करी गरी ल्याएको एक हजार बोरा रासायनिक मल मधेस प्रदेशको रौतहट प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीको संयुक्त टोलीले रासयनिक मल बरामद गरेको हो । मल बरामदका क्रममा प्रहरीले चार राउन्ड हवाई फायर समेत गरेको थियो ।

भारत सीमानासँग जोडिएको राजपुर नगरपालिका–५ स्थित स्कुल चोकमा रहेको रुद्रा साह र साजन साहको घरमा लुकाएर राखिएको रासायनिक मल बरामद गरिएको रौतहटका प्रहरी प्रमूख प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।

मल बरामदका क्रममा तस्कर र स्थानीयबासीले अवरोध गर्न खोजेका थिए । सोहीबेला एकसय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरी युरिया तथा डीएपी मल बरामद गरिएको प्रहरी उपरीक्षक बुढामगरले बताए।

यता प्रहरीले मल तस्करी गरेको आरोपमा रुद्रा साह र कन्हैया साहलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: २०२३-०५-१३ , समय : १९:१४:०२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित