मिटरब्याजीविरुद्ध सप्तरीमा ३८२ सहित मधेस प्रदेशमा ३ हजार ७६९ उजुरी
मिति: २०२३-०५-१२ , समय : १७:३४:२१ , गामघर डेस्क
मिति: २०२३-०५-१२ , समय : १७:३४:२१ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीमा ३८२ सहित मधेश प्रदेशमा १२ दिनमा करिब ४ हजार मिटरब्याजी विरुद्ध उजुरी परेको छ ।
सरकारले तीन सदस्यीय आयोग गठन गरेर मीटरब्याज पीडितको समस्या समाधान गर्न उजुरी माग गरेको १२ दिनमा ३ हजार ७६९ उजुरी प्राप्त भएको जिल्ला प्रशासन कार्यालयका अधिकारीहरुले बताएका छन् ।
धनुषामा ८१३, सर्लाहीमा ६३८, पर्सामा ६००, सिरहामा ४४३, महोत्तरीमा ३९३, सप्तरीमा ३८२, बारामा ३०० र रौतहटमा २०० उजुरी दर्ता भएको प्रशासन कार्यालयका अधिकारीहरुले जनाएका छन् ।
आयोगले मिटरब्याज पीडितहरुलाई वैशाख १७ देखि ३१ गतेसम्म जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्न आग्रह गरेको थियो । यस्तै आयोगले ७ दिन म्याद थप गरेको छ । अब पीडितहरुले जेठ ७ गतेसम्म उजुरी दर्ता गराउनसक्ने छन् । त्यसपछि जिल्ला प्रशासन कार्यालयहरुले आयोगमा अध्यावधिक गर्नेछन् ।
कतिपय उजुरीमाथि प्रशासनले मेलमिलाप गराएको बताइएको छ भने बाँकी उजुरीमा आयोगले नै छानबिन गर्ने जनाइएको छ ।
प्रकाशित मिति: २०२३-०५-१२ , समय : १७:३४:२१ , २ वर्ष अगाडि