काठमाण्डाै महानगरभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जना कारबाहीमा
मिति: २०२३-०५-१२ , समय : १७:२६:२२ , गामघर डेस्क
मिति: २०२३-०५-१२ , समय : १७:२६:२२ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ । शुक्रवार आज काठमाण्डाै महानगरपालिकाका विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्रीहरु बाँड्दै हिँड्ने ६१ जनालाई कारबाही गरिएको हो ।
पटकपटक विज्ञापनजन्य सामग्री क्याम्पस आसपासमा बाँड्दै नहिँड्न सूचना गरे पनि अटेर गरेपछि कारबाही थालेको काठमाण्डाै महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताउनु भयो ।
उहाँले महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्न/नराख्न सूचना जारी गरे पनि नटेरेपछि कारबाही प्रक्रिया अघि बढाएको बताउनु भयो । उहाँले शुक्रवार ६१ जनालाई कारबाही गरेको र आउँदा दिनमा पुनः यस्ता गल्ती भइरहे कारबाही झनै बढाउँदै लैजाने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्न नराख्न, पटकपटक अनुरोध र सूचना निकालेका थियौँ । यो सूचनालाई अटेर गरी परीक्षा केन्द्रमा पम्प्लेट बाँड्ने र पर्चा बाँड्ने काम गरेपछि पोस्टर बाँड्नेहरुलाई हामीले कार्यालयमा ल्याएर कारबाहीको दायरामा ल्याएका छौँ । पहिलो पटक भएकाले हामीले संस्थाहरुलाई ५ हजार रुपैयाँको दरले जरिबाना गरेका छौँ । अटेर गरिरहे जरिबानाको दायरा बढ्दै जान्छ ।’
पाण्डेले पहिलो पटक भएकाले कारबाही स्वरुप ५ हजार रुपैयाँ जरिबाना गरिएको र तर अटेर गरे जरिबानाकाे दायरा बढाउँदै लैजाने बताउनु भयाे । उज्यालो
प्रकाशित मिति: २०२३-०५-१२ , समय : १७:२६:२२ , 2 years अगाडि