मिटरब्याजीलाई कारबाही गर्ने अध्यादेश सर्वसम्मतरूपमा स्वीकृत
मिति: २०२३-०५-१० , समय : १९:५०:०१ , गामघर डेस्क
मिति: २०२३-०५-१० , समय : १९:५०:०१ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । प्रतिनिधि सभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८०’ सर्वसम्मतरूपमा स्वीकृत भएको छ । सभाको आज बुधवारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले याे अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा सभामुख देवराज घिमिरेले याे अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्राप्त नभएको व्यहोरा सदस्यलाई जानकारी गराउनुभएको थियो ।
यही वैशाख २४ गतेको बैठकमा कानुनमन्त्री गुरुङले याे अध्यादेश प्रतिनिधि सभामा पेस गर्नुभएको थियो । याे अध्यादेश यही वैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएको थियो । सरकारले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेको थियो । उज्यालो
प्रकाशित मिति: २०२३-०५-१० , समय : १९:५०:०१ , २ वर्ष अगाडि