मधेस प्रदेश : पाँच सय ५६ वटा चौरी गाईको पुच्छरसहित चार जनालाई पक्राउ

मिति: २०२३-०५-१० , समय : १९:३८:४९ , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

जनकपुर । सशस्त्र प्रहरीले मधेस प्रदेशको महोत्तरीको जलेश्वर नगरपालिका ३ मा रहेकाे मलिवाडा बसपार्कबाट पाँच सय ५६ वटा चौरी गाईको पुच्छरसहित चार जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा मधेस प्रदेशको महोत्तरीको जलेश्वरकै विकासकुमार महत्तो, धादिङको गजुरी गाउँपालिका ८ का ३६ वर्षीय उमेशबहादुर बस्नेत, बाराको सिमरा नगरपालिका १ का ६० वर्षीय सुमन मान्नधर र धनुषाको हसपुर नगरपालिका ४ का ३७ वर्षीय मोहमद अजिन रहेका सशस्त्र प्रहरीले जनाएकाे छ ।

काठमाण्डाैबाट जलेश्वर हुँदै मलिवाडा रुटमा चल्ने प्रदेश २–०३–००१ ख १२१५ नम्बरको बसबाट मलिवाडा बसपार्कमा चौरी गाईको पुच्छर निकाली ठेलामा राख्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीले चार जनालाई पक्राउ गरेकाे हाे । बरामद भएकाे चाैरी गाईकाे पुच्छरकाे बजार मूल्य २८ लाख ३० हजार रुपैयाँ रहेकाे बताइएकाे छ ।

यता पक्राउ परेकाहरूलाई चौरी गाईको पुच्छरसहित आवश्यक कारबाहीका लागि सशस्त्र वन सुरक्षा शाखा माईस्थान महोत्तरीमा बुझाइएको छ ।

प्रकाशित मिति: २०२३-०५-१० , समय : १९:३८:४९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित