१३ वर्षीया बालिकाको बलात्कार अभियोगमा एक युवकलाई १८ वर्ष कैद

मिति: २०२३-०५-१० , समय : १६:५१:३६ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज ।
सप्तरीमा एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक युवकलाई १८ वर्ष कैद सजाय भएको छ ।

जिल्ला अदालत सप्तरीका न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको इजलासले राजविराज नगरपालिका–१२ विषहरियाका २१ वर्षीय कलदीपकुुमार खंगलाई १८ वर्ष कैद सजाय सुनाएको छ ।

यस्तै आरोपितले रु सात लाख जरिवाना तिर्नुपर्ने र रु एक लाख ५० हजार पीडितलाई क्षतिपूर्ति दिनुपर्नेसमेत फैसला भएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताउनुभयो ।

२०७९ मङ्सिर १ गते राति युवकले बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितले ललाइफकाई छिन्नमस्ता गाउँपालिका–६ लोखरममा बलात्कार गरी भागी फरार भएको पीडितले बताएका थिए ।

२०७९ मङ्सिर २० गते आरोपित पक्राउ परेका थिए । सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासको आदेशमा आरोपित गत पुस १८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

प्रकाशित मिति: २०२३-०५-१० , समय : १६:५१:३६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित