मधेश सरकार बाँकी भुक्तानी नदिए बजेट अधिवेशन चल्न नदिने ठेकेदारहरुको चेतावनी
मिति: २०२३-०५-१० , समय : ०८:०१:३४ , गामघर डेस्क
मिति: २०२३-०५-१० , समय : ०८:०१:३४ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
निर्माण व्यवसायीले सम्पन्न योजनाको बाँकी बक्यौता भुक्तानी नदिए मधेश प्रदेश सरकारको बजेट अधिवेशनसमेत चल्न नदिने चेतावनी दिएका छन् ।
निर्माण व्यवसायी संघ धनुषाका अध्यक्ष अशोक चौधरीले यस्तो चेतावनी दिएका हुन् । ३८ वटा योजनाको करिब ६८ करोड रुपैयाँ भुक्तानी निर्माण व्यवसायीको बाँकी छ । भुक्तानीका लागि निर्माण व्यवसायीहरु मंगलबार मुख्यमन्त्री कार्यालयमा पुगेका थिए ।
उनीहरुकै दबाबमा मुख्यमन्त्री सरोज कुमार यादव, अर्थमन्त्री संजय कुमार यादव र मन्त्रालयका सचिवहरुबीच छलफल भएको छ ।
छलफल पश्चात अर्थमन्त्री यादवले निर्माण व्यवसायीको भुक्तानीका लागि सरकारले छलफल गरेर निकास दिइसकेको र अब नियमावली संशोधन भई आवश्यक प्रक्रिया पुर्याएर दुईरतिन दिनभित्र समस्या समाधान हुने आश्वासन दिएका छन् ।
विगतमा देखिएका भुक्तानी समस्याहरु यस आर्थिक वर्षमा नदेखियोस् भन्ने हिसाबले सम्बन्धित मन्त्रालयले आफ्ना विभागिय कार्यालयहरुलाई पूर्वजानकारी दिइसकेको र भुक्तानीको उचित प्रवन्ध मिलाउन निर्देशन दिइएकोसमेत उनले बताए ।
मुख्यमन्त्री कार्यालय पुग्नु अघि मधेश भवनमा अर्थमन्त्री यादव र निर्माण व्यवसायीबीच नोकझोक समेत भएको थियो । टुडेपाटीबाट
प्रकाशित मिति: २०२३-०५-१० , समय : ०८:०१:३४ , 2 years अगाडि