मधेश प्रदेश सरकारले पत्रकार र पत्रकारिता क्षेत्रप्रति गम्भीर रहेको : यादव

मिति: २०२३-०५-०९ , समय : ०७:१६:२० , सन्जिव/ जितेन्द्र यादव जितु

तस्बिर : गामघर टिभिबाट

सन्जिव/ जितेन्द्र यादव जितु

जनकपुरधाम । आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजनामा सोमबारदेखि श्रव्य-दृश्य छायाङ्कन तथा सम्पादन पाँच दिने प्रशिक्षण जनकपुरधाममा सञ्चालन भएको छ ।
नेपाल पत्रकार धनुषा शाखाको सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेश सभा सदस्य रामअशिष यादवले २१औं शताब्दिको शक्तिशाली पेशा पत्रकारिता भएकोले सम्वेदनशिल भएर कलम चलाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘पत्रकारिता पेशा जति चुनौतीपूणर् छ, उत्तिकै सम्मानजनक पनि छन्’ पत्रकार महासंघ शाखाका पूर्व अध्यक्ष समेत रहेका उनले भने ‘२१औं शताब्दिको शक्तिशाली पेशा पत्रकारिता हो, त्यसैले सम्वेदनशिल भएर कलम चलाउनु जरुरी छ ।’ मधेश प्रदेश सरकारले पत्रकार र पत्रकारिता क्षेत्रप्रति गम्भीर रहेको बताउँदै प्रदेश सभा सदस्य यादवले आमसञ्चार प्राधिकरणले सञ्चारक्षेत्रमा अघि बढाएका गतिविधिहरु सराहनीय रहेको चर्चा गरे ।


न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य एवम् नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्व अध्यक्ष अनिल कुमार मिश्रले टेलिभिजन, अनलाइन, पत्रपत्रिका लगायतका सञ्चारमाध्यमहरुमा कार्यरत पत्रकारहरुका लागि श्रव्य-दृश्य छायाङ्कन तथा सम्पादन सम्बन्धी तालिम फलदायी रहेको बताए । महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झाले पत्रकारिता क्षेत्रमा प्रवेश गर्ने लहर बढे पनि गुणस्तरियताको अभाव रहेको बताइन् । तालिममा सिकेका सीपलाई सम्वन्धित सञ्चारमाध्यमहरुमा प्रयोग गर्न सहभागीहरुलाई उनले आग्रह गरिन् । सामुदायिक रेडियो प्रशारक संघ मधेश प्रदेशका अध्यक्ष मनोज कुमार यादवले आमसञ्चारमाध्यमहरुमा जनशक्ति अभाव रहेको अवस्थामा यस्ता तालिमले महत्वपूणर् योगदान मिल्ने बताए । मधेश प्रदेशमा युवा पुस्ताका पत्रकारहरुको सहभागिता उल्लेखनीय रहे पनि दक्षता एवम् सीप अभिवृद्धि आवश्यक रहेकोले तालिम आयोजना गरिएको आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले बताए । मधेश प्रदेशका पत्रकार र पत्रकारिता क्षेत्रको प्रवद्र्धनका लागि लोककल्याणकारी विज्ञापन, स्वास्थ्य तथा दुर्घटना बीमा, प्रेस प्रतिनिधि परिचयपत्र, तालिम लगायतका कार्यक्रमहरु प्राधिकरणले अघि सारेको उनले बताए ।
उक्त कार्यक्रममा प्राधिकरणका बोर्ड सदस्यद्वय अमरेन्द्र कुमार यादव, प्रतिमा चौधरी, प्रशासकीय प्रमुख उपेन्द्र कुमार सिंह लगायतले तालिमको सफलताको कामना गर्दै शुभकामना व्यक्त गरे । पाँच दिवसीय उक्त तालिममा मधेश प्रदेशका जिल्लाहरुबाट २६ जना पत्रकारहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति: २०२३-०५-०९ , समय : ०७:१६:२० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित