भारतमा लडाकु विमान दुर्घटनामा ३ जनाको मृत्यु, ३ जना घाइते

मिति: २०२३-०५-०८ , समय : १३:४९:२३ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

भारत । राजस्थानको हनुमानगढमा भारतीय वायुसेनाको मिग २१ लडाकु विमान दुर्घटना भएको छ ।

दुर्घटनामा चालक सकुशल छन् भने जमिनमा रहेका ३ जनाको मृत्यु भएको छ र ३ जना घाइते भएका छन् ।

भारतीय वायुसेनाका अनुसार विमान चालक दुर्घटना हुनुभन्दा पहिला नै प्यारासुटमार्फत विमानबाट निस्किएका थिए । त्यसैले उनी सकुशल छन् ।

बहलोल नगर क्षेत्रको एउटा घरमा विमान खसेको थियो । वायु सेनाले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन गर्ने बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । एजेन्सीबाट

प्रकाशित मिति: २०२३-०५-०८ , समय : १३:४९:२३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित