सप्तरीबाट स्रोत नखुलेको झन्डै अाठ लाख रकम सहित भारतीय महिला पक्राउ

मिति: २०२३-०२-२६ , समय : ०९:४८:४० , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

सप्तरी । सप्तरी प्रहरीले स्रोत नखुलेको झन्डै अाठ लाख रकम सहित भारतीय महिलालाइ पक्राउ गरेको छ । सप्तरीकाे तिलाठी कोईलाडी गाउपालिका वडा न. १ भन्सार कार्यालय अगाडी नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारी सहित संयुक्त चेकिङग टोलिले शंका लागि चेक जाँच गर्ने क्रममा ती भारतीय महिलालाई पक्राउ गरेको हाे ।पक्राउ पर्नेमा भारतकाे सुपौल जिल्ला कुनौलि ग्राम पंचायत कमलपुर बिहार घर बताउने हेमेश कुमार साहको श्रीमती ३१ बर्षिया अस्मिता कुमारी साहले रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। पक्राउ परेको महिलाकाे साथबाट भारतबाट स्रोत नखुलेको नेपाली रु.६,८३,३००।–(छ लाख तिरासी हजार तिन सय ) र भारतीय रु.५०,०००।– (नेपाली रु. ८०,०००।-) गरी जम्मा नेपाली सात लाख तिरसठि हजार तिन सय रुपैया रहेको प्रहरीले जनाएको छ । साहले लुकाई छिपाई नेपाल तर्फ ल्याउदै गर्दा पैसा सहित निजलाई नियन्त्रणमा लिई आन्तरिक राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा लगी वुझाईएको तथा घटनाको थप अावश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक एसपि नरेन्द्र कुमार कार्किले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०२-२६ , समय : ०९:४८:४० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित