सप्तरीमा छुटाछुटै घटनामा परी २ जनाको मृत्यु, एक जना विरामी

मिति: २०२३-०५-०७ , समय : १४:०५:२० , गामघर डेस्क

मृतक युवक बिवेक साह

गामघर डेस्क

राजविराज ।
सप्तरीमा छुटाछुटै घटनामा परी तीन जनाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । जिल्लाको सप्तकोसी नगरपालिका वडा न.१ फत्तेपुर चोकस्थित एक होटलमा एक युवक झुण्डिएको अवस्थामा फेला परेका छन् ।
सप्तरीको राजविराज नगरपालिका वडा न.७ घर भएका २६ वर्षिय विवेक साह होटलको कोठा भित्र झुण्डिएको अवस्थामा फेला परेको सप्तरी प्रहरीले जनाएको छ । ती युवक सप्तकोसी नगरपालिका १ फतेपुर चौक स्थित रहेको इन्द्रेणी होटल एण्ड लजको कोठा नम्बर १०४ मा शनिबार साँझदेखि बसेको प्रहरीको भनाइ छ ।
होटल सञ्चालक अशोक चौधरीले विहान कोठाहरू चेकजाँच गर्ने क्रममा उक्त नम्बरको कोठा खोल्दा नखोलेकोले झ्याल बाट हेर्दा निज व्यक्तिले सिलिङ पङ्खामा सलको पासो लगाई झुण्डिएर मृत अवस्थामा रहेको थियो, प्रहरीको भनाइ छ ।
यसै विच राजबिराज नगरपालीका १ डुमरी टोल का १८ वर्षिया बेबि भन्ने देबी कुमारी यादबले आफ्नै सुतने कोठाको फलामको बलोमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ ।
यस्तै राजविराज न.पा ६ स्थित खर्साल टोल की ३५ वर्षिया तिलाठी मण्डलले घरायसी बादबिबादको कारणले नाम नखुलेको बिषादी सेबन गरीएको प्रहरीले जनाएको छ । बिषादी सेवन गरी बिरामी भई गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भईरहेको छ ।
घटना बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०५-०७ , समय : १४:०५:२० , २ वर्ष अगाडि