मधेस प्रदेश : छुट्टाछुट्टै घटनामा एक महिला सहित दुई जनाकाे शव फेला
मिति: २०२३-०५-०७ , समय : १२:०५:३२ , गामघर डेस्क
मिति: २०२३-०५-०७ , समय : १२:०५:३२ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । मधेस प्रदेशको दुई छुट्टाछुट्टै घटनामा एक महिला सहित दुई जनाकाे शव फेला परेको छ । साेहि क्रममा सप्तरीको राजविराज नगरपालिका निवासी एक युवककाे शव फेला परेको छ । जिल्लाकाे सप्तकोसी नगरपालिका स्थित फतेपुरकाे इन्द्रेणी हाेटलमा राजविराज निवासी अन्दाजी २६ बर्षिय विवेक कुमार यादवकाे शव हाेटलमा झुन्डिएको अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । स्थानीय बिरेन्द्र साहका एक मात्र छाेरा विवेक घरायसी कारणले साे हाेटलमा झुन्डिएर अात्महत्या गरेको सप्तरी प्रहरीकाे अनुमान रहेको छ । यता साे घटनाको थप अावश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपि नरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो । त्यसेगरि सर्लाहीमा एक महिलाको शव फेला परेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका ९ वस्तीपुरचोक नजिक आइतबार बिहान साढे ४ बजे एक अपरिचित महिलाको शव फेला परेको हो ।
कुनै गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ । महिला मागिखाने जस्तो देखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०५-०७ , समय : १२:०५:३२ , २ वर्ष अगाडि