जथाभावी विदेश भ्रमणमा नजान पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई सरकारको निर्देशन

मिति: २०२३-०५-०६ , समय : ०७:२३:४७ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । सरकारले पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र जारी गर्दै जनप्रतिनिधि र कर्मचारीलाई जथाभावी विदेश भ्रमणमा नजान भनेको हो ।

यसअघि भएका यस्ता वैदेशिक भ्रमणका कतिपय कार्यक्रमको औचित्य नदेखिएको मन्त्रालयको परिपत्रमा उल्लेख छ । अत्यावश्यक र औचित्यपूर्ण अवस्थामा बाहेक वैदेशिक भ्रमण स्वीकृतिका लागि नपठाउन मन्त्रालयले जिल्ला समन्वय अधिकारी र पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छ ।

विदेश भ्रमणबारे निर्णय गर्नुअघि देशको वर्तमान आर्थिक संवेदनशीलता, चालू आर्थिक वर्षको अन्तिम र नयाँ आर्थिक वर्षको बजेट निर्माणको महत्वपूर्ण समयलाई मनन् गर्न भनिएको छ । आधिकारिकता पुष्टि हुन नसक्ने तथा गलत कागजात तयार गरी पठाएका अनुरोध पत्रमाथि मन्त्रालयले कारबाही गर्ने चेतावनी समेत दिएको छ । उज्यालो

प्रकाशित मिति: २०२३-०५-०६ , समय : ०७:२३:४७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्