सप्तरीको बलान बिहुलमा बाेक्सि सम्बन्धि जनचेतनामूलक सडक नाटक सम्पन्न

मिति: २०२३-०५-०५ , समय : २०:१९:३७ , गामघर डेस्क

तस्बिर : रमिला साहकाे फेसबुकवालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको बलान बिहुल गाउपालिकामा बाेक्सि अाराेप सम्बन्धि जनचेतनामूलक सडक नाटक सम्पन्न भएको छ । बलान बिहुल गाउपालिकाकाे अायाेजनामा तथा शर्मा क्रीएशन रेकर्डिङ राजविराजकाे प्रस्तुतिमा बलान बिहुल गाउपालिकाकाे वडा न. १ देखि ६ सम्ममा साे जनचेतनामूलक सडक नाटक सम्पन्न भएको रेडियोकर्मि एव कार्यक्रम सन्याेजक जिबछ दासले जानकारी दिनुभयाे । उक्त जनचेतनामूलक सडक नाटकमा बलान बिहुल गाउपालिकाका अध्यक्ष खेमचन्द यादवले खासगरी तराई मधेसका जिल्लाहरुमा भइरहेको बाेक्सिकाे अाराेपमा महिलाहरुमाथि कुटपिट , मानसिक तथा शारीरिक यातना ,महिला हिन्सा लगायतका कार्यहरु नियन्त्रण गर्न तथा उक्त सामाजिक अपराधलाई न्युनिकरण गरि ग्रामीण महिलाहरुलाइ जागरुक बनाउने उदेश्यले यस्ता जनचेतनामूलक कार्यक्रमहरुले निकै प्रभाव पार्ने बताउनुभयाे । साे जनचेतनामूलक सडक नाटकमा कलाकारहरु डिपि शास्त्रि , सुभाष बिरपुरिया , रमिला साह , देबचरण दास ,हरेराम दास ,श्री नारायण ठाकुर लगायतकाहरुकाे सहभागीता रहेको स्थानीय कलाकार शुभम यादवले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०५-०५ , समय : २०:१९:३७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित