बिहानै मर्निङवाकमा किन निस्कने……?
३० मिनेट मात्रै मर्निङवाक गर्यो भने पनि शरीरका लागि धेरै फाइदा पुग्छ । कार्डियो भास्कुल एक्सरसाइज हुन्छ । मांसपेशीहरू सक्रिय हुन्छन् ।
मिति: २०२३-०५-०५ , समय : १५:१५:१३ , गामघर डेस्क
मिति: २०२३-०५-०५ , समय : १५:१५:१३ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
पछिल्लो समय व्यस्त जीवनशैली र अस्वस्थ खानेकुराले स्वास्थ्यमा समस्या देखिएको छ । दिनभरि अफिसको टेबल वर्क गर्ने र बाहिर बनेका खाना खाने बानी धेरैको हुन्छ । जसले गर्दा युवा अवस्थामै विभिन्न किसिमका रोग लाग्ने गरेको पाइएको छ ।
ad
शारीरिक व्यायाम नपुग्दा ढाड दुख्ने, उच्च रक्तचाप, मधुमेहजस्ता धेरै थरीका रोग लाग्ने गरेको छ । शारीरिक व्यायामका लागि जिम सेन्टरमा गएर एक्सरसाइज गर्नुपर्छ भन्ने छैन । समय निकालेर ३० मिनेट मात्रै मर्निङवाक गर्यो भने पनि शरीरका लागि धेरै फाइदा पुग्छ । कार्डियो भास्कुल एक्सरसाइज हुन्छ । मांसपेशीहरू सक्रिय हुन्छन् । उच्च रक्तचाप भएका मान्छेले पनि मर्निङवाक गर्दा स्वस्थ रहन फाइदा पुग्छ । यसर्थ, बाहिर फ्रेस हावामा हिँड्नु शरीरका लागि धेरै फाइदा हुन्छ ।
बिहान खाली पेट हुन्छ । बेलुका शरीर थाकेको पनि हुन्छ । मानसिक रूपमा पनि थकान बढी हुन्छ । त्यसैले इभिनिङभन्दा मर्निङवाक धेरै फाइदाजनक हुन्छ । अमेरिकन हार्ट एसोसिएसनले पनि दैनिक कम्तीमा ३० मिनेट हिँड्नुपर्छ भन्ने उल्लेख गरेको छ । खासगरी, मुटुका लागि हिँड्नु धेरै फाइदाजनक छ ।
शारीरिक फाइदा
– मर्निङवाक गर्दा रगतमा कोलेस्ट्रोल र ट्राइग्लिसेराइड दुवै नियन्त्रण हुन्छ । कोलेस्ट्रोलले ब्लकेजको काम गर्छ र मुटुसम्बन्धी समस्या निम्त्याउँछ । मुटुरोगीले कम्तीमा ३० मिनेट मर्निङवाक गर्दा फाइदा पुग्छ ।
– वाकिङ गर्दा शरीरमा फ्याट कम हुन्छ । जसले गर्दा कोलेस्ट्रोल ट्राइग्लिसेराइडसम्बन्धी समस्या कम भएर जान्छ ।
– वाकिङबाट हाड–जोर्नी र स्पाइनको समस्यामा पनि फाइदा मिल्छ । ढाडमा समस्या भएका मान्छेले चाहिँ समथर ठाउँमा हिँड्नु राम्रो हुन्छ ।
– सुगर कन्ट्रोल हुन्छ । वाकिङको सबैभन्दा ठूलो फाइदा फिटनेस हो । नियमित हिँड्नाले तौल नियन्त्रण भएर जान्छ ।
– रोगप्रतिरोधात्मक क्षमताको विकास हुन्छ । मोटोपनका कारण लाग्ने रोगहरू कम हुन्छ ।
– खुट्टाको मसल्स पनि बलियो बनाउँछ । शरीरलाई सन्तुलित बनाउँछ ।
– बिहान स्वच्छ हावामा हिँड्दा हृदय र फोक्सोलाई पनि फाइदा पुग्छ ।
मानसिक फाइदा
– नियमित हिँड्नाले तपाईंको दिनको सुरुवात नै राम्रो हुन्छ ।
– ऊर्जाशील भइन्छ । मानसिक तनाव कम भएर जान्छ । निद्रा राम्रो लाग्छ । मानिसको आत्मविश्वास बढेर जान्छ । मानिसमा सिर्जनशीलता पनि बढेर जान्छ ।
हेल्दी डाइटमा ध्यान दिने
– वाकिङसँगै हेल्दी खानेकुरा खानुपर्छ । स्वस्थ रहन खानपानमा पनि ध्यान दिनुपर्छ । विशेषगरी, चिल्लो खानेकुरा बन्द गर्नुपर्छ । बाहिर बनेका खानेकुरा पनि खानुहुँदैन । सकेसम्म घरमा बनाएका खानेकुरा खानुपर्छ ।
– खानेकुरामा चाहिँ सचेत नहुने तर हिँड्ने मात्रै गरेर भने स्वास्थ्यलाई फाइदा गर्दैन । पर्याप्त पानी पिउनुपर्छ । दैनिक तीन–चार लिटर पानी पिउने गर्नुपर्छ । सागसब्जी, मौसमी फलफूल अत्यधिक खाने गर्नुपर्छ । नयाँ पत्रिकाबाट
प्रकाशित मिति: २०२३-०५-०५ , समय : १५:१५:१३ , 2 years अगाडि