मधेस प्रदेशका जिल्लाहरुमा अबैध मदिरा तस्करी भइरहेको खुलासा
मिति: २०२३-०५-०५ , समय : १२:४५:१६ , गामघर डेस्क
मिति: २०२३-०५-०५ , समय : १२:४५:१६ , गामघर डेस्क
गामघर डेस्क
जनकपुर । पछिल्लोपटक मधेस प्रदेशका जिल्लाहरुमा अबैध मदिरा तस्करी निकै फष्टाएकाे छ ।
साेहि क्रममा नेपालबाट भारतको बिहारमा लग्दै गरेको मदिरासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको बिहार राज्य सितामढीका मोहम्मद नजाम र धिरेन्द्र पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
बिहीबार बिहान करिब ४ बजे मनरासिस्वा नगरपालिका–१० मरवारी गाँउबाट भारततर्फ मोटरसाइकलमा १ लाख २ हजार ८ सय रुपैयाँ बराबरको दुई बोरा सौफी रक्सी लैजाँदै गरेको अवस्थामा दुई जना पक्राउ परेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।
यस्तै, बिहान करिब ७ बजे मनरासिस्वा नगरपालिका १० बाट भारततर्फ अवैध रुपमा लग्दै गरेको अवस्थामा १ लाख २२ हजार रुपैयाँ बराबरको सौफी रक्सी र मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
प्रकाशित मिति: २०२३-०५-०५ , समय : १२:४५:१६ , २ वर्ष अगाडि