मधेस प्रदेश : साइकलबाट लडेर एक वृद्धको मृत्यु

मिति: २०२३-०५-०५ , समय : १२:४०:३७ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुर । मधेस प्रदेशको सर्लाहीमा साइकलबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।

बिहीबारसाँझ सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ बड्कुर्वामा आफैले चलाउँदै गरेको साइकलबाट लडेर चन्द्रनगर–७ नाढीका ७२ बर्षीय पल्टु सिंहको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

सिंह छोरीलाई भेट्न साइकलले हरिपुर जाँदै गर्दा बडकुर्वा–बबरगंज सडक खण्डमा साइकलबाट लड्दा घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

उनका अनुसार मृतक सिंह सडकबाट साइकलसहित करिव ५ फिट तल खेतमा मृत फेला परेका हुन् ।

प्रहरीले मृतकको शरीरमा अन्य कुनै चोट नदेखिएको जनाउँदै उनको साथबाट नगद ३० बरामद भएको जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०५-०५ , समय : १२:४०:३७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्