सप्तरीको तिलाठिमा अत्याधुनिक तरिकाबाट नाक ,कान र घाटिकाे उपचार गर्दै ENT अस्पताल
मिति: २०२३-०२-२६ , समय : ०६:५७:१३ , शुभ नारायण यादब
मिति: २०२३-०२-२६ , समय : ०६:५७:१३ , शुभ नारायण यादब
शुभ नारायण यादब
राजविराज । सप्तरीको तिलाठि काेइलाडि गाउपालिका वडा न.१ मा अवस्थित त्रिपति नारायण मेमोरियल ENT अस्पतालले अत्याधुनिक तरिकाबाट नाक,कान र घाटिकाे उपचार गर्दै अाइरहेकाे छ । अस्पतालमा कान सम्बन्धि प्रशिक्षण कार्यक्रममा अस्पतालका बरिस्ठ चिकित्सक प्रा. डाक्टर अनिल कुमार झाले साे बारेमा जानकारी दिनुभयो । डाक्टर झाका अनुसार जर्मनबाट अत्याधुनिक तरिकाकाे मेसिनहरु ल्याएर त्यस भेगका विभिन्न गाउँका स्थानीय बासिहरुका साथै छिमेकी भारतबाट अाउने सेवाग्राहीहरुलाइ समेत सेवा दिदै अाएकाे जानकारी दिनुभयो ।
सप्तरीको तिलाठि निवासि प्रा. डाक्टर झाले झन्डै ३५ बर्ष अघि गाउँमा ने नाक ,कान र घाटिकाे अस्पताल सन्चालन गर्ने याेजना बनाएको बताउदै उहाले अाफनाे सपना पूरा भएको तथा साे कार्यमा सम्पूर्ण सराेकारबाला निकायहरुलाइ सहयोग गर्न समेत अनुरोध गर्नुभएको छ । उक्त अस्पतालले गिनिज बुकमा नाम लिखाएपछि अाफनाे सपना पूरा हुने बताउदै डाक्टर झाले जनताको सेवा गर्न र सेवाग्राहीहरुलाइ सेवा दिनकाे लागि अाफु अाफनाे गाउमा अाएकाे बताउनुभयो । साेहि कार्यक्रमका प्रमुख अतिथि तिलाठि काेइलाडि गाउपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले अाफनाे गाउपालिकामा यस्तो अस्पताल सन्चालनमा अाएकाेमा खुशि ब्यक्त गर्दै उहाले अस्पतालकाे स्तर उन्नति र प्रगतिकाे लागि पालिकाबाट गर्ने सम्मकाे सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयाे । साेहि कार्यक्रममा गाउपालिकाकि उपाध्यक्ष फुल कुमारी साहले अाफनाे पालिकामा नाक ,कान र घाटिकाे अस्पताल सन्चालनमा रहेको कुरा यसअघि अाफुलाइ पनि जानकारी नभएको बताउदै उहाले अस्पतालमा चाहिने सहयोग पालिका तथा ब्यक्तिगत रुपमा समेत गर्ने प्रतिबद्धता जनाउनुभयाे । उक्त कार्यक्रममा बरिस्ठ समाजसेवी एव नेपाल विघुत प्राधिकरणका डिइ.इन्जिनियर रामेश्वर यादव ,नेपाल स्वास्थ्यकर्मी सङ्घ नेपालका जिल्ला अध्यक्ष शिव नारायण चौधरी , बरिस्ठ समाजसेवी रत्नेश्वर मिश्र ,प्राथमिक स्वास्थ्य केन्द्र ताेपाका प्रमुख डाक्टर अाकाश मण्डल , ८ नम्बर वडाका वडाअध्यक्ष सत्यनारायण यादव ,७ नम्बर वडाका वडाअध्यक्ष हरि नारायण मण्डल लगायतकाहरुले अस्पतालकाे उन्नति र प्रगतिकाे शुभकामना ब्यक्त गरेका थिए ।
प्रकाशित मिति: २०२३-०२-२६ , समय : ०६:५७:१३ , २ वर्ष अगाडि