सर्बियाकाे एक विद्यालयमा जथाभाबी गोली चल्दा ८ बालबालिकासहित ९ जनाको मृत्युु
मिति: २०२३-०५-०४ , समय : ०६:५१:५९ , गामघर डेस्क
मिति: २०२३-०५-०४ , समय : ०६:५१:५९ , गामघर डेस्क
गामघर डेस्क
सर्बिया । सर्बियाको राजधानी बेलग्रेडमा रहेको एक प्राथमिक विद्यालयमा जथाभाबी गोली चल्दा आठ बालबालिकासहित नाै जनाको ज्यान गएको छ ।
बुधवार बिहान विद्यालय समय सुरु हुनेबित्तिकै एक जना १४ वर्षका किशोरले जथाभाबी गोली चलाएको बीबीसीले जनाएको छ । आक्रमणमा विद्यालयका सुरक्षा गार्डको पनि ज्यान गएको छ । सुरक्षा गार्डले आक्रमणकारीबाट थप बालबालिकाको ज्यान जोगाउनका लागि आफैँलाई गाेली थापेका र अन्तिममा ज्यान गुमाएका खबरमा उल्लेख छ ।
जथाभाबी गोली चलाउने किशोर ७ कक्षामा पढ्ने विद्यार्थी भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनापछि सर्बिया शोकमा डुबेको छ । देशका कुनै पनि विद्यालय र कलेज खुलेका छैनन् । सर्बिया निकै शान्त राष्ट्र मानिन्छ जहाँ गोली काण्ड दुर्लभमात्रै हुने गरेका छन् । एजेन्सीबाट
प्रकाशित मिति: २०२३-०५-०४ , समय : ०६:५१:५९ , २ वर्ष अगाडि