एमाले सचिव रायमाझी र बादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी, नेपाल सरकारका सचिव पाण्डे पक्राउ
मिति: २०२३-०५-०३ , समय : १६:४१:४० , गामघर डेस्क
मिति: २०२३-०५-०३ , समय : १६:४१:४० , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । नेकपा एमालेका सचिव, सांसद एवम् पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उहाँका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दामा संलग्नता देखिएपछि प्रहरीले रायमाझीका बाबुछोरालाई पक्राउ पुर्जी जारी गरेको हो । यस्तै एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
यसै घटनामा नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई प्रहरीले आजै पक्राउ गरेको छ । पूर्व गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई अस्ति सोमवार समातिएका छन् ।
यसेबिच प्रहरीले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाएको घटनामा पाण्डे पनि जोडिएपछि पक्राउ गरेको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो । उहाँलाई सामान्य सोधपुछका लागि पक्राउ गरिएको ज्ञवालीले बताउनुभयो ।
पक्राउ परेका सचिव पाण्डे अहिले उपराष्ट्रपति कार्यालयको सचिव हुनुहुन्छ भने उहाँ यसअघि गृह मन्त्रालयको समेत सचिव भइसक्नुभएको छ । पाण्डेलाई पक्राउ गर्न प्रहरीले हिजो मङ्गलवार जिल्ला अदालत काठमाण्डौबाट पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रहरीका अनुसार सचिव पाण्डे गृह सचिव भएकै बेला नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गिरोहसँग लेनदेनमा सक्रिय भएको अनुमान छ । यसै घटनामा प्रहरीले अस्ति पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति: २०२३-०५-०३ , समय : १६:४१:४० , २ वर्ष अगाडि