८६ दिनदेखि भोक हडताल गरिरहेका प्यालेस्टाइनी नेताको इजरायलमा मृत्युु

मिति: २०२३-०५-०३ , समय : १४:१४:१२ , गामघर डेस्क

गामघर डेस्क

इजरायल । इजरायलको जेलमा ८६ दिनदेखि भोक हडताल गरिरहेका प्यालेस्टाइनका नेता खदिर अदनानको ज्यान गएको छ । इस्लामिक जिहाद समूहका वरिष्ठ सदस्य ४५ वर्षका अदनानको हिजो निधन भएको इजरायलको जेल सेवाले जनाएको छ ।

उहाँलाई बेहोस अवस्थामा पाइएको र उपचारका लागि तेल अवीवमा रहेको अस्पताल पुर्याए पनि बचाउन नसकिएको जेल सेवालाई उद्धृत गरी द टाइम्स अफ इजरायलले जनाएको छ । नेता अदनानलाई आतंकवादी समूहमा लागेको, समर्थन गरेको र नागरिकलाई उक्साउने काम गरेको आरोपमा गएको फेब्रुअरी ५ मा पक्राउ गरिएको थियो ।

पक्राउ परेपछि उहाँले अनशन थाल्नुभएको थियो । जेलमा रहेर स्वास्थ्य परीक्षण वा उपचार गराउन अस्वीकार गर्नुभएको थियो । प्यालेस्टाइनले जेलमा रहेकै अवस्थामा अदनानको ज्यान गएको विषयलाई छानबिन गर्न माग गरेको छ । एजेन्सीबाट

प्रकाशित मिति: २०२३-०५-०३ , समय : १४:१४:१२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित