कञ्चनरुप नपाको अस्पताल र प्रशासकीय भवन निमार्णमा गुणस्तरहीन सामग्री प्रयोग गरेको खुलासा
मिति: २०२३-०२-२६ , समय : ०५:५८:५१ , गामघर डेस्क
मिति: २०२३-०२-२६ , समय : ०५:५८:५१ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिकाको साढे तीन ताल्लाको प्रशासकिय भवन निर्माण हुदैँछ । डोलेश्वर महादेव रायुष जे.भि.ले निर्माणले मुल्य अभिवृधि कर बाहेक सम्पुरक कोषबाट ८ करोड ५८ लाख ६६ हजार ८ सय ५ रुपियाँ ६३ पैसामा उक्त कार्यको सम्झौता गरी निमार्ण कार्य गरिरेको छ ।
कञ्चनरुप नगरपालिकामा करिब १२ करोडको लागत १५ शैयाको अस्पताल निमार्ण भइरहेको छ । अस्पताल र प्रशासकीय भवन निमार्ण दुवै कञ्चनरुप नगरवासीको लागि एक महत्वपूर्ण विकास निमार्ण कार्य हो । तर कञ्चनरुप नगरपालिकाको रेखदेखमा पालिकाका अगाडी नै गुणस्तरहीन सामग्री प्रयोग भइरेकोमा जनप्रतिनिधि,कर्मचारी र इन्जनियरको ध्यान गएको छैन ।
बुधबार मात्रै कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताले उक्त भवन निमार्णको स्थलगत अनुगमन गरेको फोटोहरु समाजिक संजालमा हामीले देख्यौं । तर गुणस्तरहीन सामग्री प्रयोग भएको बारे उहाँ कुनै राय सुझाव दिएको हामीलाई जानकारी छैन । आज मैले गरेको स्थलगत अनुगमनका क्रममा उक्त निमार्ण कार्यमा गुणस्तरहीन सामग्री प्रयोग भएको पाएकोले कञ्चनरुप नगरपालिकालाई उक्त कार्यमा गुणस्तरही सामग्रि प्रयोग तत्काल रोक्न माँग गरेका छन ।स्थानीय यूवा,नागरिक समाज संचारकर्मी लगायत नगरबासीलाई विकाश निमार्णमा भइरहेको अनियमिताबारे खबरदारी गर्न आग्रह समेत गरेको छ ।
गत शुक्रबार प्रशासकीय भवनको छत ढलान कार्य भएकोले तत्काल उक्त रोकी स्टीमेटका अधारमा कार्य गर्न र स्टीमेट सार्वजनिक गर्न समेत आग्रह गर्दछु । यता कञ्चनरुप नगरपालिकाका केही जनप्रतिनिधि,कर्मचारी र इन्जिनियरलाई १० प्रतिशत कमिशन फिक्स गरिएकोपछि गुणस्तरहीन सामग्री प्रयोग गर्दा पनि पालिकाका सबै जनाको उक्त कार्यमा मौन समर्थन रहेको स्थानीयको दावी रहेको छ ।
प्रकाशित मिति: २०२३-०२-२६ , समय : ०५:५८:५१ , २ वर्ष अगाडि