मधेश प्रदेशमा बलात्कारको घटनामा बृद्धि , १४ वर्षीया किशोरी बलात्कृत, आरोपी फरार
मिति: २०२३-०५-०२ , समय : १७:१२:१९ , गामघर डेस्क
मिति: २०२३-०५-०२ , समय : १७:१२:१९ , गामघर डेस्क
गामघर डेस्क
सिरहा । पछिल्लोपटक मधेस प्रदेशका जिल्लाहरुमा बलात्कारको घटनाक्रम निकै बढेको छ । साेहि क्रममा सिरहामा १४ वर्षीया किशोरीमाथि बलात्कार भएको छ।
किशोरीलाई बलात्कार गरेको आरोप लागेका युवक भने फरार भएको प्रहरीले जनाएको छ।
सिरहाको सुखिपुर नगरपालिकाका ३५ वर्षीय रियाज अन्सारीले केही दिनअघि स्थानीय १४ वर्षीया किशोरीलाई बलात्कार गरेका हुन्।
किशोरीका अभिभावकले अन्सारीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै सोमबार जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्रराज पाण्डेका अनुसार केही दिनअघि उनले किशोरीलाई ललाइफकाइ बलात्कार गरेका भन्दै पीडित पक्षबाट उजुरी परेको हो ।
यता साे घटना सार्वजनिक भएपछि आरोपी अन्सारी फरार छन्।
यसेबिच फरार आरोपीको खोजी भइरहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएका छन् ।
प्रकाशित मिति: २०२३-०५-०२ , समय : १७:१२:१९ , २ वर्ष अगाडि