आ.व. ०७८/०७९ मा संचालित तथा सम्पादित कार्यहरुकाे वार्षिक प्रगती समीक्षा गोष्ठी
मिति: २०२३-०५-०२ , समय : १६:५७:५० , गामघर डेस्क
मिति: २०२३-०५-०२ , समय : १६:५७:५० , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
संधीय तथा प्रदेश एवम स्थानिय तहहरुमा आ.व. ०७८/०७९ मा संचालित तथा सम्पादित कार्यहरुको वार्षिक प्रगती समीक्षा गोष्ठी मंगलवार यहाँ शुरु भएको छ । जिल्ला समन्वय समिति सप्तरीको आयोजनामा आ.व. ०७८/०७९ मा संचालित तथा सम्पादित कार्यहरुको वार्षिक प्रगती समीक्षा गोष्ठीमा वक्ताहरुले सन्तोषजनक कार्य सम्पादन नभएकोमा आक्रोस ब्यक्त गर्नु भयो । झारा टार्ने किसिमले विकाशीय कार्यालयहरुले कार्य सम्पादन गरेको आरोप लगाउनुभयो । जिम्मेवार पक्षले समयमा अनुगमन,निरिक्षण नगर्दा सेवा प्रवाहकारी ढंगबाट सम्पन्न हुन नसकेकोमा चिन्ता ब्यक्त गर्नु भयो । सेवा प्रवाहमा देखिएको शुशासन, ढिलासुस्ती ,अनियमितता ,भ्रष्टाचारमा कमी हुनु पर्नेमा वर्षेनी बढदौ अवस्था रहेकोमा बक्ताहरु चिन्ता व्यक्त गर्नु भयो । कार्यक्रम जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहको अध्यक्षता तथा संधीय प्रतिनिधी सभा सदस्य दिनेश कुमार यादवको प्रमुख आतिथ्यमा गोष्ठीमा मधेस प्रदेस सभा सदस्य किरणकुमारी साह,लगायतले आफनो शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समीक्षा गोष्ठी विहीवारसम्म हुने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०५-०२ , समय : १६:५७:५० , २ वर्ष अगाडि