गजेन्द्र नारायण सिंह अस्पतालमा भिडियो एक्सरे, सिटिस्क्यान, अल्ट्रासाउण्ड लगायतका सेवा विगत डेढ महिनादेखि ठप्प
मिति: २०२३-०५-०१ , समय : १९:३९:१३ , गामघर डेस्क
मिति: २०२३-०५-०१ , समय : १९:३९:१३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको भिडियो एक्सरे, सिटिस्क्यान, अल्ट्रासाउण्ड लगायत सेवा डेढ महिनादेखि ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन ।
अस्पतालको भिडियो एक्सरे, सिटिस्क्यान, अल्ट्रासाउण्ड लगायत सेवा डेढ महिनादेखि सेवा बन्द हुँदा अस्पतालमा आएका बिरामीलाई अस्पतालबाहिर महँगोमा भिडियो एक्सरे, सिटिस्क्यान, अल्ट्रासाउण्ड लगायत सेवा लिनुपर्ने बाध्यता सिर्जना भएको हो ।
अस्पतालमा भिडियो एक्सरे र सिटिस्क्यान मेसिन छ, तर प्रयोगमा ल्याउने जनशक्ति अभावका कारण सेवा नै बन्द छ। भिडियो एक्सरे र सिटिस्क्यान सेवाका लागि अस्पतालमा एकजना रेडियोलोजिस्ट डाक्टरको दरबन्दी छ। दरबन्दीअनुसार डाक्टर नहुँदा यहाँका नागरिकले अस्पतालबाट सहज र सुलभ सेवा पाउन सकेका छैनन्।
अस्पतालमा भिडियो एक्सरे सेवा बन्द हुँदा निजी क्लिनिकमा महँगो शुल्कमा भिडियो एक्सरे गर्न बाध्य रहेको स्थानीय विनोद यादवले बताउँनु भयो । उहाँले अस्पतालबाट प्रवाह हुने सेवा बन्द भएपछि महँगोमा बाहिरै गराउनु पर्ने बाध्यता रहेको बताउनुभयो ।
भिडियो एक्सरे विभागका (कन्सल्टेन्ट रेडियोलोजिस्ट) डाक्टर आशिष सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत फागुन २१ गते सरुवा गरे पछि भिडियो एक्सरे र सिटिस्क्यान नै पूर्ण रूपमा बन्द भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशप्रसाद साहले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
उहाँले अस्पतालमा सिंह एक मात्र रेडियोलोजिस्ट थिए त्यसलाई पनि मन्त्रालयले गत फागुन २१ गते सरुवा गरेपछि रेडियोलोजिस्टको अभावमा भिडियो एक्सरे र सिटिस्क्यान सेवा रोकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. साहले बताउनुभयो । उहाँका अनुसार यसबारे मन्त्रालयलाई जानकारी दिदा कुनै किसिमको सुनुवायी नभएकोले राजनैतिक दिनु पर्ने बताउनु भयो । उहाँले मन्त्रालयबाट रेडियोलोजिस्ट पठाएपछि भिडियो एक्सरे र सिटिस्क्यान सेवा पुनः सञ्चालनमा आउँने बताउनु भयो । मेडिकल सुपरिटेन्डेन्ट डा. साहका अनुसार यस अस्पतालमा ५० शैययाको क्षमता रहेकोमा १ सय ५० शैययाको सेवामा ईमरजेन्सीमा २५,सीडीयुमा १२,एनआईसीमा ४, वार्डमा १ सय सहित १ सय ५० शैययाको सेवा विशेषज्ञ सहितको सेवा प्रभावित भईरहेको बताउनुभयो ।
प्रकाशित मिति: २०२३-०५-०१ , समय : १९:३९:१३ , २ वर्ष अगाडि