६५ बर्षका मेयरले गरे १६ बर्षिया युवतिसग बिवाह…….
मिति: २०२३-०४-३० , समय : २०:४६:२० , गामघर डेस्क
मिति: २०२३-०४-३० , समय : २०:४६:२० , गामघर डेस्क
गामघर डेस्क
ब्राजिल । १६ वर्षकी किशोरीसँग कानुनी रूपमा विवाह गरेपछि ब्राजिलका एक मेयर विवादमा तानिएका छन् । उनले आफूभन्दा ४९ वर्ष कान्छीसँग विवाह त गरे नै आफ्नी सासूलाई संस्कृति तथा पर्यटन सचिवमा नियुक्त पनि गरेका छन् ।
६५ वर्षका हिसाम हुसेन देहाइनी दक्षिणी ब्राजिलको अराउकारिया सहरका मेयर हुन् । ब्राजिलमा १६ वर्ष पुगेपछि कानुनी रूपमा विवाह गर्न अनुमति छ । त्यसैले ती किशोरीसँग १६ वर्ष पुगेको भोलिपल्टै मेयरले विवाह गरे । विवाहमा विवाद निम्तिने त भई नै हाल्यो । मेयरले विवाह गरेको भोलिपल्टै आफ्नी दुलहीकी आमालाई अप्रिल १३ मा संस्कृति तथा पर्यटन सचिवमा नियुक्त गरेको कुरामा धेरैले चासो व्यक्त गरे । ब्राजिलको पराना राज्यमा अभियोजकको कार्यालयले उनको नियुक्तिबारे अनुसन्धान गरिरहेको छ ।
ब्राजिलको कानुन अनुसार १६ वर्षभन्दा माथिका नाबालिगहरूले आफ्ना अभिभावकको स्वीकृतिमा मात्र कानुनी रूपमा विवाह गर्न सक्छन्, त्यसैले किशोरीकी आमालाई अप्रिल १३ मा नगरपालिकाको प्रशासनमा राम्रो तलब भएको पदमा नियुक्तिलाई धेरैले एक प्रकारको घूस मानेका छन् । मारिलीन रोडे पहिले नै शिक्षा मन्त्रालय भित्र एक अधिकारी थिइन् । तर त्यहाँ उनको तलब निकै थोरै थियो । एजेन्सीबाट
प्रकाशित मिति: २०२३-०४-३० , समय : २०:४६:२० , 2 years अगाडि