मधेस प्रदेश : उपमेयरको गाडीले किचिएर १४ महिने बालिकाको घटनास्थलमै मृत्यु

मिति: २०२३-०४-३० , समय : २०:२८:३१ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशकाे धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर दुर्गा देवीको गाडीले किचेर १४ महिने बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुने बच्चा उपमेयरकै नातिनी पर्ने बुझिएको प्रहरीले जनाएको छ ।

हंसपुर ९ रुदौली बस्ने रवीन्द्र मण्डलको छोरी अन्दाजी १४ महिनाकी लक्ष्मीनिया कुमारी मण्डलको गाडीले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

यता प्रहरीले गाडी चालक शहिदनगर नगरपालिका–४ बस्ने ३० वर्षीय दीपेन्द्रकुमार राय र गाडी नियन्त्रण लिएको छ ।

प्रकाशित मिति: २०२३-०४-३० , समय : २०:२८:३१ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित