मिथिलान्चलकी महिलाहरुले छ महिना अघि शुरु गरेको आईतबारे रविव्रत सम्पन्न
मिति: २०२३-०४-३० , समय : ११:४१:५० , गामघर डेस्क
मिति: २०२३-०४-३० , समय : ११:४१:५० , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सन्तान,श्रीमान र घरपरिवारको सुख शान्तिको कामना गर्दै मिथिलान्चलकी महिलाहरुले छ महिना अघि शुरु गरेको आईतबार रवि व्रत अाजदेखि विधिवत रुपमा सम्पन्न भएको छ ।
छ महिना सम्म मनाउँने मिथिलान्चलकी महिलाहरुले मंसिर महिनादेखि विधिवत रुपमा आईतबारे रवि व्रत मनाउँन थालेकाे थियाे । आईतबारे रवि व्रतको शुरुवात व्रतालु महिलाहरुे घर नजिकैको पोखरी ,नदी तथा तलाउमा गएर सुर्य देउतालाई अर्ग दिएर अगामी छ महिना सम्मको लागि विधिवत रुपमा आईतबारे रवि व्रतको शुरुवात गरेको तथा अाज विधिवत रुपमा सम्पन्न गरिएको एक व्रतालु सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.१ बरहि बिरपुरकि अनिता यादवको भनाई छ । छ महिना सम्म विधिवत रुपमा मनाउँने सो पर्वको समापन्नकाे अवसरमा व्रतालुहरुले ठकुवा,केरा,स्याउ,नरिवल,डोरा लगायतका पुजाका सामग्री सहित घर नजिकैको पोखरी, नदी तथा तलाउमा गएर सुर्य देउतालाई अर्ग दिएर उक्त पर्वको विधिवत रुपमा सम्पन्न गरिएको अर्थात साेपेकाे उनले बताईन । निष्ठाको पर्वको रुपमा मनाउँने आईतबारे रवि व्रतमा श्रद्धालु महिलाहरुले सन्तान ,श्रीमान र घर परिवारको सुख शान्तिका लागि मिथिलान्चलमा मनाउने गरेको थियाे ।
मंसिर महिनादेखि शुरु भएको सो पर्व छ महिना पछि अर्थात अाजदेखि विधिवत रुपमा समापन्न हुने गरेको व्रतालुहरु बताउँछिन । आईतबारे रवि व्रतमा व्रतालुहरुले छ महिना सम्म प्रत्येक आईतबार अरबा अरबाईन अथवा फलफुल खाएर आईतबारे रवि व्रत मनाउँने गरेको थियाे ।
प्रकाशित मिति: २०२३-०४-३० , समय : ११:४१:५० , २ वर्ष अगाडि