अब प्रदेश सरकार झनै बलियो हुन्छ : जसपा अध्यक्ष यादव
मिति: २०२३-०२-२५ , समय : १९:०६:५८ , गामघर डेस्क
मिति: २०२३-०२-२५ , समय : १९:०६:५८ , गामघर डेस्क
गामघर डेस्क
जनकपुर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आउँदा दिनमा प्रदेश सरकार झनै सशक्त भएर जाने बताउनुभएको छ ।
अाज जनकपुर पुग्नुभएका उहाँले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टीले उपराष्ट्रपति पाउने सहमति भइसकेकाले सहमति अनुसार नै अब अघि बढ्ने बताउनु भयो । उहाँले प्रदेश सरकार आगामी दिनमा श्रोत, साधन र अधिकार सम्पन्न बनाउने, कर्मचारी र प्रहरी प्रशासनहरु प्रदेश सरकारले नै परिचालन गर्नेगरी अघि बढ्ने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कांग्रेसले राष्ट्रपति र हामीले उपराष्ट्रपति पाउने सहमति भएको छ । प्रदेश सरकार आउने दिनमा झनै बलियो हुन्छ, श्रोत, साधन र अधिकार सम्पन्न बनाउने, कर्मचारी र प्रहरी प्रशासनहरु प्रदेश सरकारले नै परिचालन गर्नेगरी अघि बढ्छ ।’
अध्यक्ष यादवले सत्ता गठबन्धनले मधेस प्रदेशमा कुनै समस्या नआउने दाबी गर्नुभयो ।
प्रकाशित मिति: २०२३-०२-२५ , समय : १९:०६:५८ , २ वर्ष अगाडि