वर्षाका कारण ‘ए’ डिभिजन लिगका खेल स्थगित….

मिति: २०२३-०४-२९ , समय : २०:०१:३१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डाै । वर्षाका कारण शहीद स्मारक ‘ए’ डिभिजन लिगका खेल प्रभावित भएका छन् ।

त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा भएकाे हिमालयन शेर्पा र त्रिभुवन आर्मीबीचको खेल पहिलो हाफ सकिए पनि दोस्रो हाफको २७ मिनेट पछि वर्षाका कारण स्थगित भएको हो ।

आर्मी र हिमालयन शेर्पाबीचको खेल दोस्रो हाफको २७ मिनेट चलिरहँदा दुवै टोलीले एक/एक गोल गरेका थिए । खेलमा आर्मीका नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै हिमालयन शेर्पाविरुद्ध अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ५५औं मिनेटमा हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठले फ्रिकिकमार्फत् गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ७२औँ मिनेटपछि वर्षा भएपछि खेल अर्को समयका लागि तय गरिएको छ । अब दुई टोलीबीच आइतवार भाेलि खेल हुनेछ । आइतवार ७२ मिनेटपछिकाे खेल दशरथ रङ्गशालामा दिउँसो ४ बजेर ३० मिनेटदेखि हुनेछ ।

लिग अन्तर्गत आज भएकाे सङ्कटा र जावलाखेल युथ क्लबको खेल पनि वर्षाका कारण स्थगित भएको छ । पहिलो हाफको नतिजाबाट जावलाखेल १–० ले अगाडि रहेको थियो । ५० मिनेटपछि रोकिएको जावलाखेल र संकटाको खेल भाेलि दिउँसो १ बजे एन्फा कप्लेक्समा आयोजना हुनेछ ।

यस्तै दशरथ रङ्गशालामा हुने भएको चर्च ब्वाइज र मनाङ मर्स्याङ्दीबीचको खेल पनि स्थगित भयो । खेल भाेलि नै एन्फा कम्प्लेक्समा ३ बजेर ३० मिनेटदेखि सुरु हुनेछ । उज्यालो अनलाइन

प्रकाशित मिति: २०२३-०४-२९ , समय : २०:०१:३१ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित