ब्राजिलमा तीन महिनामै पाँच लाख २६ हजार रोजगारी सिर्जना

मिति: २०२३-०४-२९ , समय : १९:५५:०३ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

ब्राजिल ।
ब्राजिलले तीन महिनामा ५ लाख भन्दा धेरै रोजगारी सिर्जना गरेको छ । गएकाे जनवरीदेखि मार्चसम्म ब्राजिलले ५ लाख २६ हजार १ सय औपचारिक रोजगारी सिर्जना गरेको त्यहाँकाे श्रम तथा रोजगार मन्त्रालयलाई उधृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

मार्च महिनामा मात्रै १ लाख ९५ हजार भन्दा धेरै व्यक्तिले रोजगारी पाएका खबरमा उल्लेख छ । यो सरकारले गरेको अनुमान भन्दा दोब्बरले धेरै हो । भौतिक पूर्वाधारको निर्माण र यातायातको क्षेत्रमा सबैभन्दा धेरै रोजगारी सृजना गर्न सफल भएको श्रम तथा रोजगार मन्त्री लुइज मारिन्होले बताउनुभएको छ ।

ब्राजिलमा अर्थतन्त्रका मूख्य पाँच वटा क्षेत्रमध्ये उद्योग, निर्माण, वाणिज्य र सेवा क्षेत्रमा रोजगारी बढेको छ भने कृषि क्षेत्रमा रोजगारी घटेको छ । अहिले ब्राजिलमा ४ करोड ४२ लाख नागरिक औपचारिक रोजगारीमा रहेका छन् । एजेन्सीबाट

प्रकाशित मिति: २०२३-०४-२९ , समय : १९:५५:०३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित