चट्याङ लागेर पश्चिम बंगालमा १५ जनाको मृत्युु
मिति: २०२३-०४-२९ , समय : ०५:५८:२९ , गामघर डेस्क
मिति: २०२३-०४-२९ , समय : ०५:५८:२९ , गामघर डेस्क
गामघर डेस्क
भारत ।
मेघगर्जन र चट्याङसँगै पश्चिम बंगालमा बिहीबार भीषण वर्षा भएको छ । चट्याङ लागेर खेतमा काम गरिरहेका १५ जना किसानले ज्यान गुमाएका तथा कैयौँ घाइते भएका सरकारी अधिकारीहरूले बताएका छन् ।
बिहीबार साँझ चट्याङ लागेर पूर्वी बुर्दवानमा पाँच, मुर्सिदावादमा चार र पश्चिमी मिन्दापोर र हाउडामा तीन–तीनजनाको मृत्यु भएको पश्चिम बंगाल राज्यको विपद् व्यवस्थापन विभागले जनाएको छ ।
चट्याङ लागेर घाइते भएकाहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । भारतीय मौसम विज्ञान विभागले आगामी चौविस घण्टामा आंशिक बदली भई मेघगर्जनसहित पानी पर्ने जनाएको छ ।
सरकारी तथ्यांकअनुसार चट्याङ लागेर गत वर्ष भारतमा नौ सय सातजनाको मृत्यु भएको थियो । रासस
प्रकाशित मिति: २०२३-०४-२९ , समय : ०५:५८:२९ , २ वर्ष अगाडि