खडकपुरका अग्निपिडित परिवारलाई समाजसेवी इ.यादवले बाडे राहत

मिति: २०२३-०२-२५ , समय : १८:५७:३८ , गामघर डेस्क

राहत वितरण गर्दै सप्तरीका समाजसेवी इ. सुर्य नारायण यादव सहितकाहरु

गामघर डेस्क

सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिका वडा न. -१० खरकपुरका ४ जना अग्निपीडित परिवारहरुलाई समाजसेवी एव इन्जिनियर सुर्य नारायण यादवले राहत बाडेका छन।
सहयोगी हातहरुको एउटा सानो सहयोग
स्वरुप धर्मी हल्फा महिला विकास क्लव सप्तरीद्वारा खडकपुरका अग्निपिडित परिवारलाई राहत बितरण गरेका हुन ।


आगलागिबाट सर्वस्व गुमाई बिच्चलीमा रहेका जिल्लाकाे बोदेबरसाईन नगरपालिका वडा न.-१० का गोहालु यादव,पालुनु यादव,उमेश यादव र सुरेन्द्र यादवको परिवारलाई सहयोग स्वरुप त्रिपाल,झुल, तन्ना, लुगाफाटा, थाल, गिलास डेकची कराही छोलनी बालटिन मग लगायतका सामाग्रीहरु वितरण गरेकाे संस्थाका अध्यक्ष एवं समाजसेवी ई सूर्य नारायण यादवले जानकारी दिनुभयो ।
गत फाल्गुन ११ गते आगलागि हुदा अनुमानित १९ लाख भन्दा‌ बढिको धनसम्पतिको क्षति भएको थियाे ।
उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय बोदेबरसाईनका प्रहरी नायव निरीक्षक सुरेश कुमार यादव, राष्ट्रीय समाचार समितिका सम्वाददाता पत्रकार लोकेन्द्र प्रसाद यादव, मनोज कुमार, लगायतका स्थानीय व्यक्तिहरूकाे उपस्थिति रहेको थियाे ।
स्थानीय शिक्षिका स्व. रुकमणी चौधरीलाई समर्पित गरेर साे राहत वितरण गरेको समाजसेवी इन्जिनियर यादवले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०२-२५ , समय : १८:५७:३८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित