डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि हरेक शुक्रवार बिहान ‘साढे १० बजे १० मिनेट’ अभियान

मिति: २०२३-०४-२८ , समय : ०८:५१:३७ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि अभियान सञ्चालनका लागि अनुरोध गरेको छ ।

मन्त्रालयले सार्वजनिक सूचनामार्फत् ‘हरेक शुक्रवार बिहान साढे १० बजे १० मिनेट’ अभियान सञ्चालन गर्न अनुरोध गरेको हो ।

डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि आजदेखि हरेक शुक्रवार बिहान साढे १० बजे १० मिनेट अभियान सञ्चालन गरी सबै सरकारी तथा सार्वजनिक कार्यालयले आफ्ना कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी गराएर अनिर्वायरूपमा सरसफाइ अभियान सञ्चालन गर्न मन्त्रालयले भनेको छ ।

गएको वर्ष डेङ्गु सङ्क्रमण अत्यधिक भएको भन्दै यस वर्ष समयमै सचेतना अपनाउन अभियान सञ्चालन गर्न सरकारीसँगै निजी, सर्वसाधारण तथा सरोकारवाला सबैलाई अनुरोध गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०४-२८ , समय : ०८:५१:३७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित