१ सय २० केजी गाजाँसहित भारतीय गाडी नियन्त्रणमा, चालक फरार

मिति: २०२३-०४-२७ , समय : ०६:३८:३४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

विराटनगर । मोरङको विराटनगर महानगरपालिका १ काे नाेबेल डेरी चोक इलाकाबाट सशस्त्र प्रहरीले झन्डै एक सय २० केजी गाँजासहित भारतीय गाडी नियन्त्रणमा लिएको छ ।
सुनसरीकाे इटहरीबाट विराटनगर जाँदै गरेको बी.आर ११ भी ७६४५ नम्बरको भारतीय गाडीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङले गाँजासहित नियन्त्रणमा लिएको हो । गाडी रोक्ने क्रममा चालक भने फरार भएका छन् ।

यता नियन्त्रणमा लिइएको गाँजा र गाडी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ ।

प्रकाशित मिति: २०२३-०४-२७ , समय : ०६:३८:३४ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित