केही पनि बधाईका कार्यक्रम नराखिदिनु होला, देशभर गर्नु पर्ने काम धेरै छ : रवि लामिछाने

मिति: २०२३-०४-२६ , समय : १०:४६:१८ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई विजयी गराएकोमा धन्यवाद दिँदै कही पनि बधाईका कार्यक्रम नराख्न आग्रह गर्नु भएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँले आज चितवनको इच्छाकामना क्षेत्रको कार्यक्रमपछि अन्य कुनै पनि ठाउँमा कुनै कार्यक्रम नराख्न आग्रह गर्नु भएको हो । चितवन २ सहित देशभर गर्नु पर्ने काम धेरै रहेको भन्दै उहाँले चुनावी प्रतिस्पर्धाको घेराभित्र कहिल्यै नरहने प्रतिबद्धता पनि जनाउनु भएको छ ।

लामिछानेले प्रतिस्पर्धी दल र उम्मेदावरसहित आम नागरिकबाट रचनात्मक सहयोग र सद्भाव प्राप्त हुनेमा विश्वस्त रहेको बताउनु भएको छ । गएको आइतबार चितवन २ मा भएको उपचुनवमा सर्वाधिक मतान्तरको रेकर्ड राख्दै लामिछाने विजयी हुनु भएको छ । कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने पराजित हुनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई दोहोरो नागरिकता प्रकरणमा सर्वोच्च अदालतले गएको माघ १३ गते दोषी ठहर गरी सांसद पद खारेज गरेपछि चितवन–२ मा उपचुनाव भएको हो । उज्यालो

प्रकाशित मिति: २०२३-०४-२६ , समय : १०:४६:१८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित