प्रदेश र स्थानीय तहका कर्मचारी खटाइएका ठाउँमा एक वर्ष बस्नैपर्ने
मिति: २०२३-०४-२५ , समय : १८:४६:४७ , गामघर डेस्क
मिति: २०२३-०४-२५ , समय : १८:४६:४७ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । संघीय सरकारबाट प्रदेश र स्थानीय तहमा खटाइएका कर्मचारीले कम्तीमा पनि एक वर्ष खटाइएकै स्थानमा रहेर काम गर्नुपर्ने भएको छ ।
राष्ट्रिय विकास समस्या समाधान समितिले प्रदेश र स्थानीय तहमा जनशक्ती नभएको भन्दै एक वर्ष खटाइएकै स्थानमा बसेर अनिवार्य काम गर्नुपर्ने निर्णय गरेको हो ।
समितिको ५० औं बैठकले पर्याप्त जनशक्ती प्रदेश र स्थानीय तहमा नहुँदा काम गर्न कठिनाइ भएकोले संघबाट खटिएका कर्मचारीलाई कम्तीमा एक वर्ष खटाइएकै स्थानमा रहनुपर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।
निर्णय अनुसार कर्मचारी व्यवस्थापनको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काम गर्नेछ ।
प्रकाशित मिति: २०२३-०४-२५ , समय : १८:४६:४७ , २ वर्ष अगाडि