तनहुँ–१ मा स्वर्णिम वाग्लेलाई १० हजारभन्दा धेरै मतकाे अग्रता
मिति: २०२३-०४-२४ , समय : २०:२६:११ , गामघर डेस्क
मिति: २०२३-०४-२४ , समय : २०:२६:११ , गामघर डेस्क
गामघर डेस्क
तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यकाे उपचुनावमा मतगणना चलिरहेकाे छ । अहिलेसम्मकाे मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लैजानुभएकाे छ ।
ताजा परिणामअनुसार वाग्लेले २३ हजार नाै सय ६६ मत प्राप्त गर्नुभएकाे छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गाेविन्द भट्टराईले १३ हजार आठ सय १२ मत प्राप्त गर्नुभएकाे छ । भट्टराईभन्दा वाग्ले १० हजार एक सय ५४ मतले अघि हुनुहुन्छ ।
यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले छ हजार सात सय ९५ मत प्राप्त गर्नुभएकाे छ । यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ६५ हजार ९९ मत खसेकाे थियाे ।
प्रकाशित मिति: २०२३-०४-२४ , समय : २०:२६:११ , २ वर्ष अगाडि