जनता माध्यमिक विद्यालय खुदिबखारी कुपहीबाट पाठयपुस्तक वितरण शुरुवात
मिति: २०२३-०४-२४ , समय : १७:३२:४२ , गामघर डेस्क
मिति: २०२३-०४-२४ , समय : १७:३२:४२ , गामघर डेस्क
गामघर डेस्क
छिन्नमस्ता । शैक्षिक सत्र २०८० को पहिलो पठ्यपुस्तक वितरण समारोह यो वर्षको सुरुवातमा जनता माध्यमिक विद्यालय खुदिबखारी, कुपहीबाट सुरु गरिएको छ ।
नेपाल सरकार तथा छिन्नमस्ता गाउँपालिकाको सह्योगमा जनता माध्यमिक विद्यालय खुदिबखारी कुपहीमा आज विद्यालयका प्रधानाध्यापक सत्यनारायण साहको अध्यक्षता तथा छिन्नमस्ता गाउपालिकाका अध्यक्ष विद्यानन्द चौधरीकाे प्रमुख अातिथ्यमा विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गरिएकाे हाे । छिन्नमस्ता गाउपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले शिक्षालाई प्राथमिकतामा राखी अध्ययन अध्यापनलाई चुस्त दुरुस्त राखी विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरुलाई निर्देशन दिनुभयो । उहाँले शैक्षिक जगतमा कुनै किसिमको समस्या भएमा त्यसको तत्कालै समाधान लागि सधैं तत्पर रहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो। साथै उक्त विद्यालयमा यसै शैक्षिक सत्र बाट कक्षा १ देखि कक्षा ३ सम्म अंग्रेजी माध्यमको पढाइ समेत सुरु गर्ने भएको छ।
प्रकाशित मिति: २०२३-०४-२४ , समय : १७:३२:४२ , २ वर्ष अगाडि