आधुनिकताको अर्को नाम ‘श्याम फर्निचर’अब सप्तरीको बाेदे बर्साईनमा

मिति: २०२३-०४-२४ , समय : १३:२१:५४ , उमेश कुमार साह

फाइल फाेटाे

उमेश कुमार साह

बोदे बर्साईन । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ बोदे बर्साईन बजारमा श्याम फर्निचर सप्लायर्स एण्ड ट्रेडस सञ्चालनमा आएको छ।

मधेस प्रदेशका प्रदेश सभा सदस्य माननीय अनिरुद्व कुमार सिंह यादवले सोमबार उक्त श्याम फर्निचर सप्लायर्स एण्ड ट्रेडस सोरुमको उद्घाटन गरे। कार्यक्रममा स्थानीय नेता अरुण कुमार यादव , स्थानीय व्यापारी अनिल प्रसाद सिंह समेतको उपस्थित रहेको थियो ।

समाजले आधुनिकशैलीका फर्निचर माग गरिसक्दा पनि त्यसको आवश्यकता पूरा नभएकोले आफूहरुले एउटा घरका लागि , अफिस लगायत अन्य आवश्यक सवै आधुनिक फर्निचर उपलब्ध गराउनेगरी संचालनमा ल्याएको संचालक श्याम साहले जानकारी दिए ।

मूल्यमा उपभोक्ता नठगिउन भनेर फर्निचरमै मूल्य टाँस गरी विक्रि गरिएको उनको भनाई छ । साहले भने ,“मूल्य सुपथ हुन्छ । ग्राहकले वार्गेनीङनै गर्न नपर्नेगरी हामीले सेवा दिइरहेका छौ । हामी चिटिङ गर्दैनौँ । सिस्टममा चलेर गुणस्तरीय फर्निचरका सामान उपलब्ध गराउँछौँ । ” ७० लाखको लगानी गर्दै संचालनमा ल्याएको सोरुममा घर, कर्पोरेट अफिस,स्कुल तथा कलेज, होटल तथा लज, हस्पिटल लगायतका ठाउँमा आवश्यक पर्ने गुणस्तरीय फर्निचर पाइने उनको भनाई थियो।

उत्पादन कम्पनी समेत आफै गरिने भएकाले विभिन्न डिभिजनका लागि पनि आवश्यकता अनुसार फर्निचर उपलब्ध हुने उनको भनाई छ । उक्त फर्निचरमा पाइने सामग्रीको १० वर्षसम्म वारेन्टी रहेको संचालकहरुको भनाई छ ।

अहिले पसलमा ५ हजारदेखि ३ लाखसम्म पर्ने सामग्री उपलब्ध छन्। आफूहरुको उत्पादन देखेर मानिसहरुले चाइनिज भन्ने गरेको तर यहीँको डिजाइनमा गुणस्तरीय फर्निचरहरु सतुङ्गगलमा रहेको उद्योगमा निर्माण हुने उनले बताए । पछिल्लो समय मानिसहरुले युरोपियन डिजाइनका थोरै तर धेरै काम दिने खालका फर्निचर खोज्ने गरेको भन्दै त्यो आवश्यकता श्याम फर्निचरले पूरा गर्ने उनले बताए ।

प्रकाशित मिति: २०२३-०४-२४ , समय : १३:२१:५४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित