उपनिर्वाचन मधेस प्रदेश : बारामा दुईवटा मत खसाल्ने मतदाता पक्राउ
मिति: २०२३-०४-२३ , समय : ११:२७:४८ , गामघर डेस्क
मिति: २०२३-०४-२३ , समय : ११:२७:४८ , गामघर डेस्क
गामघर डेस्क
जनकपुर ।
मधेस प्रदेशकाे बारामा एक जना मतदाता पक्राउ परेका छन्। बारा २ को देवताल गाउँपालिका ७ पिपरपाती जब्दी मतदान केन्द्रबाट रामसागर यादव पक्राउ परेका हुन्।
प्रहरी नायव निरीक्षक जयगोविन्द राउतका अनुसार एउटा आफ्नो मत र अर्को नक्कली मत खसाउने क्रममा यादवलाइ नियन्त्रणमा लिइएको हो। पक्राउ परेका यादव जसपा कार्यकर्ता हुन्।
देवताल गाउँपालिका ७ वडा कार्यालय मतदान केन्द्र ख का मतदान अधिकृत वरुणकुमार चौधरीका अनुसार नामावली रुजु गरेर मतपत्र लिएका यादवले आफ्नो खल्तीबाट पनि नक्कली मतपत्र झिकेर मतदान गर्न खोज्दा प्रहरीले पक्राउ गरेको हो ।
यादवले आफ्नो नामको मत खसाले पनि नक्कली मत भने खसाल्न नपाएको चौधरीले बताए।
प्रकाशित मिति: २०२३-०४-२३ , समय : ११:२७:४८ , २ वर्ष अगाडि