बैशाख १० गते हुने उपचुनावका कारण त्रिविको परीक्षा सर्यो

मिति: २०२३-०४-२१ , समय : ०८:०१:३९ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पर्सि १० गते हुने परीक्षा सारेको छ ।

वैशाख १० गते तीन ठाउँमा सङ्घीय संसद्को उपचुनाव हुने भएकाले १० गतेको परीक्षा वैशाख १६ गतेलाई सारिएको कार्यालयले जनाएको छ ।

अहिले स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । पर्सि १० गते चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपचुनाव हुँदैछ ।

प्रकाशित मिति: २०२३-०४-२१ , समय : ०८:०१:३९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्