कांग्रेसका नेता राहुल गान्धीको पुनरावेदन खारेज

मिति: २०२३-०४-२० , समय : १७:२६:०२ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

भारत ।
मानहानी मुद्दामा दोषी ठहरिनुभएका भारतको विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक गान्धीलाई गएकाे महिना गुजरातको सुरत अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै पुनरावेदनको अवसर दिएको थियो ।

अदालतको आदेशसँगै नेता गान्धीले सांसद पद गुमाउनुभएको थियो । सन् २०१९ को चुनावी सभामा नेता गान्धीले मोदी थर भएकाहरू ‘चाेर’ हुन्छन् भनेको विरोधमा भारतीय जनता पार्टीका नेता पूर्णेश मोदीले गन्धीविरुद्ध मानहानी मुद्दा दायर गर्नुभएकाे थियाे । यद्यपि उहाँको प्रधानमन्त्री मोदीसँग कुनै सम्बन्ध छैन ।

अब नेता गान्धीले उच्च अदालतमा पुनरावेदन गर्नुहुने उहाँको दलका नेताहरूले बताएका छन् । अहिले दलका नेता तथा कानुन व्यवसायीसँग छलफल भइरहेको छ । एजेन्सीबाट

प्रकाशित मिति: २०२३-०४-२० , समय : १७:२६:०२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित