सप्तरीमा बिद्युत चोरी गरेको आरोपमा दुई जना पक्राउ

मिति: २०२३-०४-२० , समय : १७:१८:४५ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज ।
सप्तरीमा बिद्युत चोरी गरिरहेको आरोपमा बिहीवार जिल्लाको विभिन्न स्थानबाट दुई जनालाई पक्राउ गरिएको छ । यो सँगै दुई महिनाको अवधीमा विद्युत चोरी गरेको आरोपमा पक्राउ पर्नेको संख्या १ सय ३३ पुगेको छ ।
पक्राउ पर्नेहरुमा सप्तरीको राजबिराज नगरपालिका वडा न. १३ का योगेन्द्र यादव र डाकनेश्वरी नगरपालिका ७ का खेमराज चौधरी रहेको प्रहरीले जनाएको छ ।
विद्युत प्राधिकरण राजविराज वितरण केन्द्र राजविराज र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । विद्युतीय पोलबाट हुकिङ्ग गरी विद्युत प्रयोग गरिरहेको अवस्थमा पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ । पक्राउ परेकाहरुबाट प्रति ब्यक्ती १५ हजार ५ सयका दरले जरिवाना वसुल तथा अब उप्रान्त विद्युत चोरी न गर्ने कागजात बनाएर मात्र छाडिने जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले बताउनुभयो ।

प्रकाशित मिति: २०२३-०४-२० , समय : १७:१८:४५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित