मधेस प्रदेशमा जलाउन लगेको एक महिलाको शव प्रहरी नियन्त्रणमा

मिति: २०२३-०२-२५ , समय : ०९:२८:०४ , गामघर डेस्क

फायल फाेटाे

गामघर डेस्क

जनकपुरधाम । धनुषाको जनकपुरधाममा घाटमा जलाउन लगिएको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।
जनकपुरधामस्थित भूतनाथ मन्दिर परिसरमा रहेको शमशान घाटबाट जलाउन ठिक्क पारिएको अवस्थामा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ मा बस्दै आएकी ३५ वर्षीया सुनिता कार्कीको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

श्रीमानले कुटपिट गरेर हत्या गरेको कार्कीको माइती पक्षको उजुरीका आधारमा प्रहरीले अनुसन्धानका लागि मृतकको शव नियन्त्रणमा लिएको जनाइएको छ । मृतक महिलाको शरिरमा चोट र निलडाम देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेद प्रकाश गौतमले घाटमा जलाउन लगेको एक महिलाको शव प्रहरीले उजुरीका आधारमा नियन्त्रणमा लिएको जानकारी दिए ।

सुनितालाई उनका श्रीमान शेखर बहादुर कार्कीले कुटपिट गरेर मारेको भन्ने उजुरीका आधारमा प्रहरीले घटनाको जाँचबुझका लागि मृतकको शव नियन्त्रणमा लिएको उनले बताए ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा मृतकका श्रीमान जनकपुरधाम–४ बस्ने ४५ वर्षीय शेखर कार्की र २० वर्षीय सागर साहलाई पक्राउ गरेको छ । पक्राउ परेका दुबैजना कवाडको काम गर्ने मजदुर हुन् ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिए । टुडेपाटीबाट

प्रकाशित मिति: २०२३-०२-२५ , समय : ०९:२८:०४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित